बाढीले पुल भत्काएपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द, तत्काल चल्ने सम्भावना नरहेको प्रहरीको भनाइ



अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । आइतबार रातिदेखि परेको वर्षापछि बढेको खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ ।

बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए ।

जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए । उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्