धादिङको आगिञ्‍चोकमा पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गयो



साझापथ संवाददाता

धादिङ, साउन ६ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने आगिञ्चोक गोलाङ वनखवासेमा पहिरो गएर घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यू भएको छ।

घर माथिबाट आएको पहिरोले घर पुरिदा मृत्यु हुनेमा १९ वर्षिय सम्झना खाँण,२२ वर्षिय मिलन खाँण र उनीहरुको डेढ बर्षिय छोरा रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी पुगिसकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिसकिएको बताइएको छ।

त्यस्तै धादिङको गजुरी २ मलेखुमा गएको पहिरोमा एक १७ वषिय निरुता परियारको समेत मृत्यु भएको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार लगातार भारी वर्षाका कारण धादिङका विभिन्न ठाउँमा क्षति पुराएको छ । यता गजुरी गाउँपालिकाको भवनलाई समेत क्षति पुर्याएको छ, बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले सोमबार ४ वटा गाडी पुरेको थियो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूलीले बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्