वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८६४ पुग्यो



काठमाडौ,साउन ६ । वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ ।

सोमबार वाग्मती प्रदेशको ३ जिल्लामा ६ संक्रमित थपिएका छन। प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार सोमबार थप हुनेहरुमा काठमाण्डौका २ जना,ललितपुरका १ जना र मकवानपुरका ३ जना गरि ६ जना रहेकाछन् ।थपिएका ६ जनासंगै प्रदेशभर संक्रमितको संख्या कुल ८ सय ६४ पुगेको हो ।

यसैगरि बागमती प्रदेशमा ४ सय ५१ जना संक्रमित कोरोना मुक्त भइ घर फर्किसकेका छन् भने ९ संक्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्