काठमाडौं प्रवेशको मुख्यमार्ग अवरुद्ध, आवागमन ठप्प



काठमाडौं, साउन ६ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेपछि सवारीसाधन आवागमन ठप्प भएको छ भने ठाउँ ठाउँमा पहिरो खसेको छ । आवागमन पूर्ण रुपले ठप्प भएसँगै काठमाडौं प्रवेश गर्ने सबै सवारी साधनहरु बाटैमा रोकिएका छन् ।

स्थानीयका अनुसार मौवाखोलाले तीन वटा घर समेत बगाएको छ । यस्तै बाँदरे भीरमा रोकिराखिएका गाडी नै पहिरोले बगाएर त्रिशूली नदी किनारमा पुर्‍याएको छ ।

घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरी जानकारी दिएको छ । सोमबार रातिदेखिको अविरल वर्षाको कारण धादिङको २ दर्जनभन्दा बढी ठाउँहरु पहिरो गएको छ ।

वर्षा निरन्तर भइरहेकाले राजधानी छिर्ने मुख्य राजमार्ग खुल्न केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्