राप्रपा नेता गिरीलाई मातृशोक



काठमाडौं साउन ६ । राप्रपा केन्द्रीय नेता एवं पत्रकार किरण गिरीलाई मातृशोक परेको छ । उनका ८९ वर्षीया आमा सरस्वती गिरीको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे मनमोहन अस्पतालमा निधन भएको हो । सरस्वती गिरीको पार्थिव शरीर सोमबार ८:३० बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाह संस्कार गरिएको छ ।

उनलाई अन्तिम श्रध्दाञ्जली दिन राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापा लगायत राप्रपा नेता निलकण्ठ काफ्ले, मोहन दाहाल एवं कार्यकर्ता, पत्रकार लगायत आफन्त, शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए । स्वर्गीय गिरीका २ छोरा र ३ छोरी छन् ।

यसैबीच राप्रपा अध्यक्ष पशुपति शमशेर ज.ब. राणाले मतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्