रोजगारीका लागि निवेदन दिन दुप्चेश्‍वर गाउँपालिकाको आग्रह



नुवाकोट साउन ६ । रोजगारीका लागि निवेदन दिन दुप्चेश्‍वर गाउँपालिकाले आग्रह गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ सोही गाउँपालिका मातहतमा रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने सय दिन बराबरको रोजगारीमा संलग्न गराउने उद्देश्ले दिवेदन दिन आग्रह गरिएको हो । निवेदन यही साउन ८ देखि भाद्र ७ गतेसम्म गाउँपालिकाभित्र स्थायी/अस्थायी बसोबास गर्नेहरुले सम्बन्धित वडा कार्यालयहरुम फारम भर्न सकिने गाउँपालिकाले मंगलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्वदा पण्डितले निकालेको सूचनामा उल्लेख छ ।

फारम भर्नाका लागि नागरिकता फोटो कपी १ प्रति, पासपोर्ट साइजको फोटो २ प्रति, परिवारका सबै सदस्यहरुको नागरिकताको फोटोकपी १/१ प्रति र स्थायी बसोबास नभएको हकमा बसाइँसराइको प्रमाणपत्रको फोटोकपी १ प्रति चाहिने सूचनामा उल्लेख गरिएको छ ।

सूचना

प्रतिक्रिया दिनुहोस्