विभिन्न जिल्लामा सय जना कोरोना संक्रमित थपिए,कुल संख्या १८०९४



काठमाडौ,साउन ७ । बितेको २४ घण्टामा विभिन्न जिल्लामा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने दुईजनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय जनासहित देशैभर संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १२ हजार ६ सय ८४ जना उपचारपछि घर फर्किएका छन् भने ४२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्