नायक राजेश हमालको भाइको निधन



काठमाडौ,साउन ७ । महानायक राजेश हमालको भाइको निधन भएको छ। उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ। कलेजोमा समस्या परेको भन्दै थप उपचारार्थ राकेशलाई केही दिनअघि मात्र प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो ।

उनको दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । राकेशका श्रीमती र दुई छोरा छोरी छन् । अभिनेता हमाल र राकेशको परिवार राजधानीको एउटै घरमा बस्दै आएका छन्  ।

राजेश हमाल भने अहिले काठमाडौंमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्