सिराहबाट २० लाख नगदसहित एक पक्राउ, कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइयो



काठमाडौं साउन ८ । २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ परेका छन् ।

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित जिल्लाको अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर जाँच गर्दा रकम भेटिएपछि नियन्त्रणमा लिइएको बताए ।

पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्