राप्रपा अध्यक्ष थापासहित विभिन्‍न पार्टीका नेता, कार्यकर्ता पत्रकार गिरीको निवासमा



काठमाडौं साउन ८ । राप्रपा अध्यक्ष कमल थापा लगायत विभिन्‍न पार्टीका नेताहरुले राप्रपा केन्द्रीय नेता एवं पत्रकार किरण गिरीको आमाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

गिरीको निवास नागार्जुन निवासमा पुगेर बिहीबार विभिन्न दलका नेताहरुले दु:ख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

राप्रपा अध्यक्ष कमल थापाद्वारा केन्द्रीय नेता एवं पत्रकार किरण गिरीको मामतामयी आमाको निधन प्रती गहिरो दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

साथै आजै राप्रपा नेता एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङ तथा पूर्व जलस्रोत मन्त्री ठाकुरप्रसाद शर्मा, पूर्व मन्त्रीहरू विक्रमबहादुर थापा, विष्णु विक्रम थापा र राप्रपा केन्द्रीय नेताहरु पदमबहादुर बस्नेत, बाबुराम बस्नेत, सिद्धार्थ थापा, उद्धव थापा, प्रकाश रिमाल, राजाराम बर्तौला, श्याम तिमल्सिना, मोहन श्रेष्ठ लगायत नेता कार्यकर्ताहरुले नागार्जुन-७ रामकोट निवास पुगेर समवेदना व्यक्त गरेका थिए ।

यसैगरी नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपाका अन्य नेता, कार्यकर्ता, नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता, पत्रकार साथीहरू पनि गिरी निवास पुगेर समवेदना व्यक्त गरेका थिए ।

राप्रपा केन्द्रीय सदस्य एवं पत्रकार गिरीले आफ्नो परिवारमा परेको दुखद् घडीमा उपस्थित भएर समवेदना दिने सबै नेता, कार्यकर्तालगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गरेका छन् ।

नेता एवं पत्रकार गिरीकी ८९ वर्षीय आमा सरस्वती गिरीको सोमबार बिहान मनमोहन अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्