काठमाडौ उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित



काठमाडौ,साउन ८ । लकडाउन खुले लगत्तै भीडभाड बढेसंगै  उपत्यकामा कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको छ ।

बिहिवार मात्रै उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उपत्यकामा थप संक्रमित हुनेमा काठमाडौंका ५ जना,ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन् ।

आज देशभर एक सय ४७ थपिएका थिए । पछिल्लो समय उपत्यकामा मानवीय भीड समेत उत्तिकै बढीरहेकाले सवारीको चाप पनि ह्वात्तै वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्