नुवाकोट पञ्‍चकन्याका रुद्रसिंह तामाङ पर्यटन विभागको महानिर्देशकमा नियुक्त



काठमाडौं, साउन ८ । नुवाकोट पञ्‍चकन्या गाउँपालिका ४ आरुखर्कका रुद्रसिंह तामाङ पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।

सहसचिव तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विभागको महानिर्देशकको जिम्मेवारी सुम्पेको हो । उनी यसअघि पर्यटन मन्त्रालयमा सहसचिव तथा प्रवक्ताको भूमिकामा थिए ।

उनले यसअघि नुवाकोट र धादिङ जिल्लाको स्थानीय विकास अधिकारी (एलडीओ) को भूमिका निभाइसकेका छन् । तामाङसँग काठमाडौं महानगरपालिकाको कार्यकारी निर्देशक र अन्य विभिन्न मन्त्रालयमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्