सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ



काठमाडौ,साउन ९ ।काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डल्लुमा बस्ने रौतहट लक्ष्मीपुरका मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद रहेका छन्।उनीहरुलाई प्रहरीले लुकेर बसेको अवस्थामा फेला पारेको थियो ।

ती ब्यक्तिहरुले युवतीलाई अर्कै केटालाई मन पराएको भन्दै ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको छ।

बिहीबार साँझ कोठाबाट सामान किन्न बजार निस्किएको बेला  ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि उनीहरुले एसिड प्रहार गरेका थिए।युवतीलाई एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजका आधारमा प्रहरीले पक्रन सफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्