नुवाकोटमा पहिरो : एकको मृत्यु, पाँच घर पुरिए



साझापथ संवाददाता

नुवाकोट,साउन ९ । नुवाकोटको बेलकोगटगढी नगरपालिकामा पहिरोले पाँच घर पुरिएको छ।पहिरोले घर पुरिदा एक जनाको मृत्यु समेत भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिए। मृत्यु हुनेमा बेलकोटगढी नपा–८ हर्रेका ६८ वर्षिय अक्कलबहादुर तामाङ रहेका छन् ।

यस्तै बेलकोटगढी नगरपालिका वडा नंं. ५ दुईपिपलका पाँच घर पहिरोले पुरेको छ । प्रहरीका अनुसार शुक्रबार विहान आएको पहिरोले पाँच घर पुरिएको हो ।

पहिरोमा परी २ वटा भैसी र २० वटा भन्दा बाख्रासमेत पुरिएको स्थानीयवासीले बताएका छन् । पहिरोपछि त्यस क्षेत्रका ४० घर भन्दा बढी जोखिममा परेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको नगरका उपमेयर कविता ढुंगानाले बताए । अहिलेसम्म वडा नम्बर ५ मा गएको पहिरोमा भने  कुनै मानवीय क्षति नभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्