अभिनेत्री साम्राज्ञीविरुद्ध भुवन केसीले गरे मुद्दा दायर



काठमाडौ,साउन ९ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले मुद्दा दर्ता गरेका छन्।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा अभिनेत्री शाहविरुद्ध अभिनेता केसीले गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गरेका हुन्। केही साता अगाडि अभिनेत्री शाहले नायक  केसीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

यसअघि अभिनेता भुवन केसीले भने आफ्नो चरित्र हत्या गरेको भन्दै शाहविरूद्ध कलाकार संघमा उजुरी समेत  दिएका थिए।

अभिनेता भुवनले भने अभिनेत्री शाहले लगाएको आरोप केवल आरोप मात्रै भएको भन्दै अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्