वीरगन्जमा कोरोना संक्रमितको वृद्धिसँगै कर्फ्यु लगाउने निर्णय

काठमाडौ,साउन ९ । वीरगन्जमा पुनः कोरोना संक्रमणदर वृद्धि भएको छ। संक्रमणदर वृद्धिसंगै मृत्यु हुनेक संख्या समेत बढे पछि वीरगन्जमा मा कफ्र्यु लगाउने निर्णय भएको हो ।
शुक्रबार पर्सा जिल्लाका सिडिओको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन बैठकले शनिबार बिहान ५ बजे बाट अर्को आदेश नभए सम्मका लागि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
औषधीजन्य उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर निस्कन पाउने छैनन् ।
साथै बजार पसल, उद्योग, धन्दा, यातायात सबै बन्द गर्ने पनि सिएमसीले निर्णय गरेको छ ।
पछिल्लो समय पर्सामा लगातार कोरोना संक्रमित बढेका छन् भने मृतकको संख्या समेत वृद्धि भएको छ।
सिडिओको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन बैठकले गरेको निर्णय

