कोरोना अपडेट: बितेको २४ घण्टामा १३० संक्रमित थपिए



काठमाडौ,साउन ११ । बितेको २४ घण्टामा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका १ सय ३० जनासहित देशैभर कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

संक्रमितमध्ये १३ हजार १ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ४५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्