कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो



नयाँदिल्ली,साउन १३ । छिमेकी मुलुक भारतमा बितेको  २४ घण्टामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ सय ५४ जना पुगेको छ । यससँगै भारतमा कोरोनाका कारण कुल मृत्यु हुनेको संख्या ३३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३३ हजार ४ सय २५ पुगेको छ ।

त्यस्तै बितेको  २४ घण्टामा ४७ हजार ७ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । भारतमा कुल संक्रमित १४ लाख ८३ हजार १ सय ५७ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ९ लाख ५२ हजार ७ सय ४४ जना ठिक भएका छन् भने ४ लाख ९६ हजार ९ सय ८८ कोरोना संक्रमित विरामी उपचारत  छन् ।

प्रतिक्रिया दिनुहोस्