यी हुन् नेकपा फुट्न नदिन उपाध्यक्ष गौतमले अघि सारेका ६ बुँदे प्रस्ताव



काठमाडौं साउन १३ । नेकपाभित्र विवाद चर्किँदै जाँदा उपाध्यक्ष वामदेव गौतमले विभाजनबाट जोउन भन्दै ६ बुँदे प्रस्ताव ल्याएका छन् ।

पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्