उपत्यकामा कात्तिक महिनामा १२ हजार ९६७ चालक कारबाहीमा



काठमाडौं,कात्तिक ३० । काठमाडौँ उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक १ देखि २९ गतेसम्म मादकपदार्थ सेवन गरी सवारी चलाउने २ हजार ८९२ जना र लागुपदार्थ सेवन गरी चलाउने ७८ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले मापसे तथा लापसेका कारण दुर्घटनाको जोखिम बढ्ने भन्दै नियमित जाँचलाई तीव्रता दिएको छ। साथै, ट्राफिक नियम पालना गर्न र मादक तथा लागुपदार्थ सेवन गरी सवारी नचलाउन चालकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्