देउवाको विरुद्धमा पौडेल,विधान विपरीतका गतिविधिमा साथ नदिन कार्यकर्तालाई आह्वान



काठमाडौ,साउन १५ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएका बेला नेपाली कांग्रेसभित्रको आन्तरिक गुट झन सक्रिय भएका छन् ।

सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्न विभागमा एकलौटी आफू निकट नेता कार्यकर्तालाई जिम्मेवारी दिन थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रामक रुपमै प्रतिवादनमा उत्रिएको छ ।

देउवाले पछिल्लो समय धमाधम पार्टीभित्रका विभागलाई पूर्णता दिइरहेका छन् । जुन काम चार बर्षमा हुन सकेका थिएनन् । तर पछिल्लो एक महिना लगातार उनले एकलौटी रुपमा विभागलाई पूर्णता दिइरहेका छन । यस विषयमा पौडेल पक्षले भेटेरै सभापतिको ध्यानाकर्षण गराएको छ ।

तर देउवाले त्यसलाई बेवास्ता गरेपछि पौडेल पक्षले पत्रकार सम्मेलन गरेरै असन्तुष्टी जनाएको । बिहीबार पत्रकार सम्मेलन गरेर पौडेलले सभापति देउवाले पार्टी पद्धतिलाई कुल्चदै गएको आरोप लगाए ।

पौडेलले विधान विपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने पनि चेतावनी दिएका छन् । उनले देशभरका नेता कार्यकर्तालाई विधान विपरीतका गतिविधिलाई साथ नदिन आह्वान समेत गरे । पौडेल पक्षको भेला तथा प्रतिवादमा महामन्त्री शशांक कोइराला लगायतका नेता तथा पदाधिकारी पनि संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्