रातिको समयमा काठमाडौं प्रवेश निषेध



काठमाडौ,साउन १५ । सरकारले रातिको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्र आवागमनमा रोक लगाएको हो ।

देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयद्वारा जारी बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्