अफगानिस्तानमा आत्मघाती कार बम विस्फोट, १७ जनाको मृत्यु



अफगानिस्तान साउन १६ । अफगाखनिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन् ।

मुस्लिमहरुको पर्व इदको लागि पुली आलम बजारमा किनमेलमा व्यस्त सर्वसाधारणकमाझ विष्फोट गराईदा २१ जना घाइते भएका छन् ।

तालिवान विद्रोहीले आजदेखि तीन दिनसम्म इदका लागि युद्धविराम घोषणा गरेकै दिन शक्तिशाली विष्फोट भएको हो ।

अमेरिकाको सक्रियतामा अफ्गान सरकारसँग शान्ति वार्ताको तयारीमा रहेको तािलवानले विष्फोटमा आफ्नो संलग्नता नरहेको बताईसकेको छ ।

अर्को आतंकवादी समुह इस्लामिक स्टेटले भने केही प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्