बेइमानी गर्न राजनीतिमा आएको होइन :पूर्व सञ्चारमन्त्री बास्कोटा



काभ्रे, साउन १६ : पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्।

शुक्रबार काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताएका छन् ।

पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए।

समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्