गुल्मी पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो, सबै एकै घरका



गुल्मी साउन १७ । गुल्मीमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएर उनकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेकाले घर पुरिएको बताइएको छ । पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकाली सकिएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

गुल्मीमा ३ सन्तानसहित आमा पहिरोमा पुरिए, १ को शव फेला

प्रतिक्रिया दिनुहोस्