भारतमा स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु



एजेन्सी,साउन १७ । भारतमा स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु भएको छ।

आन्ध्र प्रदेशको प्रकाशम जिल्लाको शान्तिशेरमा रक्सीको तलतल मेटाउन सेनिटाइजर खाँदा उनिहरुको मृत्यु भएको हो। विगत केही दिनदेखि उनीहरूले पानी र चिसो पेय पदार्थ मिलाएर स्यानिटाइजर सेवन गरेका थिए।

त्यस क्षेत्र कोरोना भाइरसको कारणले लकडाउनमा छ। केही दिनदेखि अल्कोहल पाइने सबै पसल बन्द छन्। अल्कोहल नियमित सेवन गर्ने बानी भएकोले तिनीहरुले स्यानिटाइजर सेवन गरिएकोले त्यसको अनुसन्धान गरीरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्