अफगानिस्तानको एक कारागारमा आतंकवादी हमला, २० जनाको मृत्यु



एजेन्सी साउन १९

अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रान्तीय सरकारी अधिकारीका अनुसार त्यस क्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो । मारिनेहरुमा सुरक्षाकर्मी समेत रहेको बताइएको छ ।

शुक्रबारदेखि ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धबिराम लागू गरिएको छ ।
अफगान राष्ट्रपति अस्रफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धबिराम हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्