कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो



एजेन्सी,साउन २१ । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार सङ्क्रमणको कारण ७ लाख ४ हजार ४ सय ३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । स्वास्थ्य संगठनका अनुसार बुधबारसम्म विश्वभर एक करोड ८७ लाख ९ हजार १ सय ६१ जना व्यक्ति कोरोना सङ्क्रमणबाट ग्रसित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म कोरोनालाई जितेर एक करोड १९ लाख २६ हजार २ सय २४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४ सय ९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका छन् । उनीहरुको विश्वका विभिन्न अस्पतालमा उपचाररत छन् । सङ्क्रमितमध्ये ६५ हजार ३ सय ३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २ सय ९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्