२४ घण्टामा देशैभर ३८१ कोरोना संक्रमित थपिए



काठमाडौं साउन २१

पछिल्लो २४ घण्टामा देशैभर ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेशवर गौतमले पछिल्लो २४ घण्टामा ३८१ जना कोरोना संक्रमित थपिएका जानकारी दिए । बुधबार छ हजार १७४ जना संक्रिय संक्रमित रहेका उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १३० जना निको भएका छन्, कुल कोरोना निको हुनेको संख्या १५ हजार १५६ पुगेको मन्त्रालयले जनाएको छ । देशैभरका क्वारेन्टिनमा हजार ९२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा छ हजार ३५९ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्