अयोध्यामा राम मन्दिर बनाउन भारतिय प्रधानमन्त्री मोदीद्वारा भूमिपूजन र शिलान्यास



एजेन्सी, साउन २१ ।

भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गरेका हुन्।

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय जनता पार्टीको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेललगायतको उपस्थिति थियो ।

अयोध्यामा रहेको बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउने नारा बोकेर सत्तामा पुगेको भाजपाले अन्ततः मोदीको दोस्रो कार्यकालमा राम मन्दिर बनाउन लागेको हो ।

यसअघि अयोध्या जमिन विवादमा सर्वोच्च अदालतले राम मन्दिर बनाउन पाउने फैसला गरेको थियो । उक्त फैसलालगत्तै केन्द्र सरकारले कोष बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्