काठमाडौंमा कोरोना फैलिने खतरा उच्च, १६ जना संक्रमित सम्पर्कविहीन



काठमाडौं साउन २२
काठमाडौं उपत्यकामा बुधबार भेटिएका कोरोना संक्रमितमध्ये १६ जना सम्पर्कविहीन भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा १०२ कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये १६ कोरोना संक्रमित अझै सम्पर्कमा आएका छैनन् ।

संक्रमित व्यक्ति सम्पर्कमा नआउँदा ती व्यक्तिबाट अन्यमा कोरोना फैलने खतरा बढेको छ । परीक्षण गरेका व्यक्तिलाई रिपोर्ट आउने बेलासम्म होल्डिङ सेन्टर वा क्वारेन्टाइनमा नराख्ने हो भने महामारी रोक्न नसकिने र महामारी व्यापक फैलिने सम्भावना रहेको छ ।

सम्बन्धित निकायको व्यवस्थापन असफलता तथा जनस्वास्थ्यमाथिको चरम लापरबाहीका कारण संक्रमितहरू सम्पर्कविहीन हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्