महाधिवेशन सार्ने कांग्रेसको तयारी



काठमाडौं साउन २३ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सार्ने तयारी गरिएको छ।
कोरोना महामारीका कारण आवश्यक तयारी गर्न जोखिम हुने भन्दै कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेर केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान लागेका हुन्। नेताहरुले महाधिवेशन २०७८ जेठमा हुने गरी सहमति छलफल गरेका हुन्।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेका लागि तोकिएको छ। क्रियाशिल सदस्यता नवीकरण तथा वितरण, संगठन समायोजन लगायतको काम समयमै सम्पन्न नहुने अनुमान लगाउँदै नेताहरुले महाधिवेशन सार्न लागेका हुन्।

बिहीबार देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुलाई बोलाएर क्रियाशील सदस्यता शतप्रतिशत बढाउने निर्णय गराएका थिए। बिहीबार देउवा निवासमै भएको छलफलमा नेताहरुले देउवालाई समयमै महाधिवेशन गर्न नसक्ने र तत्कालै नयाँ मिति तोकेर तयारी गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्