कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु



काठमाडौं साउन २५ ।

पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका– १९ बस्ने ६२ वर्षीय एक पुरुषको साउन २४ गते राति उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा मृत्यु भएको छ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीया एक महिलाको पनि साउन २४ गते बिहान मृत्यु भएको छ। हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पु¥याइएपछि मृत घोषित भएकी थिइन्। मृत्यु पश्चात उनको स्वाबको नमुना परीक्षण गर्दा आइतवार कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्