भुटानमा एकजनामा कोरोना भाइरस देखिएपछि देशव्यापी लकडाउन



भुटान,साउन २९ । दक्षिण एसियाली मुलुक भुटानमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएपछि देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

विदेशबाट फर्किएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि भुटान सरकारले मुलुकभर लकडाउनको घोषणा गरेको हो । लकडाउनपछि सबै विद्यालय, कार्यालय र व्यवसायिक कलकारखाना  बन्द भएका छन् ।

आम नागरिकलाई घरमै बस्न निर्देशन दिदै भुटान सरकारले लकडाउन ५ दिनदेखि २१ दिनसम्म जारी रहने बताइएको छ । यस बीच सबै संक्रमितको पहिचान गरेर नियन्त्रण गरिने उस्ले भनेको छ ।

कुवेतबाट फर्किएर होम क्वारेन्टाइन पूरा गरेकी २७ वर्षीया महिलामा पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएपछि लकडाउन गरिएको हो । ती महिला भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्