भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ५० हजार नाघ्यो



एजेन्सी,साउन ३२ । पछिल्लो समय भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ५० हजार नाघेको छ ।

बितेको  २४ घण्टामा ९ सय ५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या समेत दिनानुदिन वृद्धि भैरहेको छ।भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २ सय ८ पुगेको हो ।

भारतमा हालसम्म १८ लाख ६० हजार ६ सय ७२ जना संक्रमित कोरोना मुक्त भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्