नेकपा सचिवालय बैठक आज बस्दै



काठमाडौं,भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार देशको समसामयिक राजनीतिक विषय र पार्टीमा देखापरेको समस्या समाधान बिषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्