भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो



भारत,भदौ ३ । छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५३ हजार १४ पुगेको हो । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १ हजार ८९ जनाको मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ ।

हालसम्म यहाँ २० लाख ३६ हजार ७०३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्