भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर



एजेन्सी भदौ ३ ।

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ ।

विशेषज्ञ डाक्टरको निगरानीमा उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

मुखर्जीको अहिले आर्मी अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । कोरोना भाइरसबाट सङ्क्रमित मुखर्जीको स्वास्थ्य अवस्था जटिल बनेपछि आर्मी अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले उनको फोक्सोमा सङ्क्रमण भएको जानकारी दिएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई गएको सोमबार कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल गएका उनको शल्यक्रियाअघि परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्