कोरोनाबाट थप ६ जनाको मृत्यु , मृतकको संख्या संख्या १ सय २६ पुग्यो



काठमाडौं, भदौ ४ ।

नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या १ सय २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार विहीबार काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्सामा एक महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्