विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो



एजेन्सी,भदौ ६ । विश्वभर  कोरोना भाइरसको संक्रमणबाट  मृत्यु हुनेको संख्या संख्या ८ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण संसारभर ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार ३ सय ६३ जना पुगेको छ।

मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ ।अमेरिकामा  १ लाख ७९ हजार १ सय ९८ जनाले ज्यान गुमाएका छन् । त्यसपछि ब्राजिलमा १ लाख १३ हजार ४ सय ५४ जनाको ज्यान गएको छ । त्यस्तै भारतमा ५५ हजार ९ सय २८, मेक्सिकोमा ५९ हजार १ सय ६ र बेलायतमा ४१ हजार ४ सय ५ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा संक्रमितको संख्या पनि बढेको छ । अहिलेसम्म २ करोड ३० लाख ९८ हजार ८४ संक्रमितमध्ये १ करोड ५६ लाख ९० हजार १७ जना उपचारपछि घर फर्किएका छन् भने ६१ हजार ८ सय ५० जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्