दुई वर्षभित्र कोरोनाको महामारी अन्त्य हुन्छ : डब्लु एच ओ



काठमाडौ भदौ ६ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोनम घेब्रेसियसले दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुने आशा व्यक्त गरेका छन् ।

जेनेभामा आयोजित कार्यक्रममा बोल्दै उनले सन् १९१८ को स्पेनिस फ्लु पनि दुई वर्ष भित्र नै अन्त्य भएको जिकिर गरे ।

तर, अहिलेको प्रविधिको विकासले विश्वले भाइरसलाई सो समयभन्दा चाँडो नै रोक्न सक्ने उनले आशा व्यक्त गरेका हुन् । ‘कनेक्टीभिटीका कारण भाइरस चाँडो फैलने सम्भावना पनि छ,’ उनले भने, ‘तर सँगै हामीसँग त्यसलाई रोक्ने प्रविधि र ज्ञान पनि छ ।

राष्ट्रिय एकता र वैश्विक ऐक्यभाव पनि ।’सन् १९१८ को स्पेनिस फ्लुले ५ करोडको ज्यान लिएको थियो । कोरोनाभाइरसले हालसम्म ८ लाखको ज्यान लिइसकेको छ भने २ करोडभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्