रौतहटमा नदीमा बगेर तीन बालिका बेपत्ता



रौतहट भदौ ७ ।

रौतहटको गढीमाई नगरपालिकास्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् ।

गढीमाई नगरपालिका वडा नं ७ धर्मपुरका १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुसिताकुमारी दास र १० वर्षीया चन्चलकुमारी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले बताएको छ ।

बालिकाहरुको खोजीका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । नदीमा नुहाउन गाउँका अन्य बालबालिका पनि गएको र त्यस क्रममा ३ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्