नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १ सय ४९ पुग्यो



काठमाडौं भदौ ७ ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण आइतबार थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । यसअघि शनिबार सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

जसमध्ये सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जना थिए । यसअघि शुक्रबार एकैदिन ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्