६० जना सहसचिवको एकैपटक सरूवा



काठमाडौं भदौ १० ।

सरकारले ६० जना सहसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूको विभिन्न प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रालयमा सरूवा गरिएको हो।

अर्थ मन्त्रालयबाट ३ जना बाहिरिएका छन् भने २ जना भित्रिएका छन्। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरूवा गरिएको छ।

यसैगरी अर्का सहसचिव उत्तरकुमार खत्रीको सरूवा प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव बनाइएको छ।

सहमहालेखा नियन्त्रक रमेश शिवाकोटीलाई गृह मन्त्रालय पठाइएको छ। गृह मन्त्रालयबाट महेश आचार्य अर्थ मन्त्रालय आएका छन्। पर्यटन मन्त्रालयका सहसचिव कमल भट्टराईको सरूवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा सरूवा भएको छ। बागमती प्रदेशका भगिरथ पाण्डेको सरूवा अर्थ मन्त्रालयमा भएको छ।

प्रतिक्रिया दिनुहोस्