अतिरिक्त भार पर्नेगरी अस्थायी दरबन्दी सिर्जना गरिएको छैन : मन्त्री खतिवडा



काठमाडौं भदौ ११ ।

सरकारले कोभिडको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि अस्थायी दरबन्दी सिर्जना नगरेको दावी गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सुनाउने पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा सूचना सञ्चारमन्त्री युवराज खतिवडाले अतिरिक्त भार पर्नेगरी अस्थायी दरबन्दी सिर्जना नगरिएको बताए।

सरकारले पछिल्ला मन्त्रीपरिषद्को बैठकबाट आयोग र निश्चित अवधि भएका आयोजनामा अस्थायी दरबन्दी स्वीकृत गरेको थियो । खर्चको मितव्ययिताका लागि नयाँ नियुक्ति र अस्थायी दरबन्दी सिर्जना नगर्ने निर्णय गरेको समयमा स्वीकृत भएका दरबन्दीमा प्रश्न आएपछि उनले स्पष्ट पारेका हुन् ।

यस्तै अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि वैदेशिक अनुमति पत्र नो अब्जेक्सन सर्टिफिकेट पुनः प्रदान गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी जारी गर्ने निर्णय गरेको सरकार प्रवक्ता डा युवराज खतिवडाले जानकारी गराए।

सरकारले एओसी रोक्दा अध्ययनका लागि बाहिर जाने विद्यार्थीले प्रक्रिया सुरु गर्न पाएका थिएनन् । शिक्षा मन्त्रालयले प्रदान गर्दै आएको एनओसी चैतदेखि बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्