नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु



काठमाडौं,भदौ १२ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापा, मोरङ र सिराहाका एक एक जना गरी तिन जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका वडा नं ३ का ८३ वर्षीय वृद्ध र मोरङको बेलबारी नगरपालिका वडा नं ५ की ५६ वर्षीया महिलाको आज विहान उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

यस्तै प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको छ ।भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । यता भक्तपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ३, गट्ठाघरकी ६४ वर्षिया महिलाको हिजो मृत्यु भएको हो । ति महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

यस्तै चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्