काठमाण्डौ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक



काठमाडौं भदौ १२ ।

काठमाण्डौ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ ।

अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भए पनि कोरोनाका कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको तर कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको जनाएको छ ।

दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनका क्रममा काठमाण्डौ–रक्सौल रेलमार्ग निर्माणको सम्झौता भएको थियो । भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर यस रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो ।

सस्झौता अनुसार जयनगर–कुर्था र विराटनगर९जोगबनी दुई स्थानमा निर्माण अघि बढीसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएका अन्य तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्ज रोड–नेपालगञ्ज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्