मोरङमा दुई समूहबीच झडप, एक जनाको मृत्यु



मोरङ भदौ १२ ।

मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका वडा नं ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको हो । झडपमा चार जना घाइते भएका छन् । झडपमा स्थानीय ४० वर्षका चन्द्रकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार दिउँसो बजे मृत्यु भएको हो । घटनामा घाइते भएका ४२ वर्षीय सइकुमार राई, ३२ वर्षका समुन्द्र राई १६ वर्षका गौरव राईको विराट मेडिकल कलेजमै उपचार भइरहेको छ ।

शुक्रबार दिउँसो स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूहले बिहीबार भएको भनाभनको निहुँमा चन्द्रकुमारमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार छन् ।

प्रतिक्रिया दिनुहोस्