नुवाकोटमा शुक्रबार ३ संक्रमित थपिए,कुल संख्या ८९ पुग्यो



नुवाकोट,भदौ १२ । नुवाकोटमा बितेको २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा शुक्रबार बेलकोटगढी ६ घिमिरेथोकका एक ४३ वर्षीय पुरुष, पञ्चकन्याका एक ३० वर्षीय पुरुष र काठमाडौंमा रहेका नुवाकोटका एक ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ ।

जसमध्ये ६९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । त्रिशुली अस्पतालमा १२ जना र काठमाडौंको विभिन्न अस्पतालमा ७ जनाको उपचार भैरहेको जिल्ला अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्