सज्जा बनिन तेस्रो नेपाल आइडल



काठमाडौं,भदौ १२ । नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् ।

सिजन ३ को फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल र किरण कुमार भुजेल पुगेका थिए ।

सज्जाले नेपाल आइड–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । सज्जा मोरङ पथरीकी हुन ।

प्रतिक्रिया दिनुहोस्